विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ रिलिज

रंग नेपाल २०७९ माघ ३ मा प्रकाशित

काठमाडौं । गायिका विनिसा पौडेल र मेक्सम खातीको स्वरमा रहेका ‘मलाई जिन्दगी काट्नु छ’ बोलको गीत रिलिज गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकाल को अभिनय रहेको छ ।

गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ ।

भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ ।

दिनेश पराजुलीको छायाकंन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट