काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतको भिडियोमा रोशन केसी र बिना राउतको अभिनय रहेको छ ।
गीतमा मोहन थापाको शब्द, सुवास भुसालको संगीत र नरेन्द्र वियोगीको एरेन्ज छ ।
राम कुमार केसीको छायाकंन, मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।