मोडल सभ्यताको ‘जब तिमी हुनेछौ’ म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ पुष २८ मा प्रकाशित

काठमाडौं । नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतको म्युजिक भिडियोमा सभ्यतासंगै कमल सिंहको अभिनय रहेको छ ।

प्रबिशा अधिकारी र राजा खतिवडाको स्वर रहेको उक्त गीतमा सीता सुवेदीको शव्द र सरोज पोखरेलको सङ्गीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन् ।

जीवन शाहीको निर्देशन तथा हेमन्त गुरुङको कोरियोग्राफीमा तयार पारिएको भिडियोलाई सरोज पोखरेल नामक अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट