आरआरआरको ‘नाटु नाटु’ लाई गोल्डेन ग्लोब अवार्ड

रंग नेपाल २०७९ पुष २७ मा प्रकाशित

काठमाडौं । एसएस राजामौलीको फिल्म आरआरआरको ‘नाटु नाटु’ ले अमेरिकामा गोल्डेन ग्लोब अवार्ड जितेको छ ।

फिल्मको ‘नाटु नाटु’ गीतले कार्यक्रममा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको हो ।

यसअघि उनको फिल्म ‘आरआरआर’ ओस्कार अवार्डका लागि सर्टलिस्ट भएको थियो भने अहिले सोही फिल्मको ‘नाटु नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको लागि गोल्डेन ग्लोब अवार्ड जितेको हो ।

आरआरआरमा जूनियर एनटीआर र राम चरणले १९२० को ब्रिटिश राजका बेला भारतका स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लुरी सीतारामराजुको भूमिका निभाएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट