हटाइने भयो ‘बेशरम रंग’बाट दीपिकाको हट सीन

रंग नेपाल २०७९ पुष २४ मा प्रकाशित

काठमाडौं । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ को ‘बेशरम रंग’ गीतमा परिवर्तन गरिने भएको छ ।

सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले फिल्म निर्मातालाई परिवर्तनका लागि केही सुझाव दिएको हो ।

गीतबाट अभिनेत्री दीपिका पादुकोणको केहि क्लोजअप हट सीन हटाइएको छ । बेशरम रंग गीतलाई मानिसहरूले मन पराएका छन् भने हिन्दू महासभाले त्यसलाई ठाडै अस्वीकार गरेको छ । हिन्दू महासभा मात्र होइन, वीर शिवाजी समूहले आपत्ति जनाएको थियो ।

दीपिका पादुकोणले लगाएको पहेँलो बिकिनीमा सबैको आपत्ति छ । विश्व हिन्दू परिषदले यस्तो फिल्मलाई हिन्दू समाजले कहिल्यै स्वीकार नगर्ने बताएको छ।

फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । २५० करोडमा निर्माण भएको फिल्म ‘पठान’ लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट