‘मनको मान्छे’ को म्यूजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ पुष २४ मा प्रकाशित

काठमाडौं । गीतकार तथा साहित्यकार अञ्जना पौडल ‘अनुश्रुती’ को ‘मनको मान्छे’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जसमा शब्द अञ्जना पौडल,संगीत शक्ति वल्लभ, गायक आनन्द कार्की, एरेञ्जर मनोहर सुनाम, मिक्सिङ र मास्टरिङ भोला पौडेलको रहेको छ।

पेप्सिकोला टाउन प्लानिङमा भित्र छायांकन गरिएको यस भिडियोमा विकास लामिछाने, दिपिका थापा, अनुप बोहोरा, आदित्य देव रुपाखेती र एन्थस खनालको अभिनय रहेको छ । क्यामरा मुकेश हुमागाईं, कोरियोग्राफर राहुल बराइली, सम्पादन विनोद वाम र भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीको रहेको छ । ओएसर डिजिटलमार्फत भिडियो हेर्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट