अविवाहित दीपाश्रीको सिउँदोमा सिन्दूर !

रंग नेपाल २०७९ पुष २४ मा प्रकाशित

काठमाडौं । अविवाहित रहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको सिउँदोमा सिन्दूर देखिएपछि उनको तस्वीर र भिडियो भाइरल भएको छ ।

चन्द्रागिरिमा अभिनेता दीपकराज गिरीसँग पुगेकी निरौलाको सिउँदोमा सिन्दूर देखिन्छ । दीपाश्रीले सिन्दूर हालेको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट भाइरल भएको हो ।

भिडियोमा दीपकराज गिरी पनि सँगै देखिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्वीर भिडियोमा विभिन्न टिप्पणीहरु भएको छ ।

कतिपयले दीपाले किन सिन्दूर लगाएर मन्दिरमा पुगिन् प्रश्न गरिरहेका छन् भने कतिले दीपकसँग विवाह गरेको हो भन्ने जस्ता प्रश्नहरु पनि गरेका छन् ।

तर भिडियोमा देखिएको दीपाको लुक्स फिल्म ‘छक्कापञ्जा ४’को गीतमा रहेको बताइएको छ ।

फागुन १९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको ‘छक्कापञ्जा ४’को गीत छायाङ्कनका लागि दीपक–दीपा चन्द्रागिरि पुगेको बताइएको छ ।

हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहने छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट