काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई पूर्व प्रेमिका सोमी अलीले गम्भीर आरोप लगाएकी छिन् । सोमीले सलमानमाथि कुटपिट र गाली गर्ने गरेको आरोप लगाएकी हुन् । मुम्बईमा बस्ने बेलामा सलमालन आफूमाथि कुटपिट गर्ने गरेको र धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताएकी छिन् ।
सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग यस्तै व्यवहार गरेको सोमीले आरोप लगाएकी छन् । सेमीले यसअघि पनि सलमानलाई धेरै पटक आरोप लगाइसकेकी छिन् । सामाजिक सञ्जालमा लेख्दै सोमीले सलमानका वकिलहरुले आफूलाई सलमानविरुद्व नबोल्न र ज्यानसमेत जान सक्ने धम्की दिएको पनि बताएकी छिन् ।
‘मेरो मेकअप आर्टिस्ट अजय शेलारले चोट लुकाउन मेरो घाँटी र शरीरको अन्य भागमा मेकअप गर्नुपर्थ्यो। स्टुडियोमा जाँदा सबै निर्माताले मेरो अवस्था देख्थे । म चाहन्छु उसले मसँग सार्वजनिक रूपमा माफी मागोस् तर उसले कहिल्यै त्यसो गर्ने छैन किनभने ऊ धेरै अहंकार भएको व्यक्ति हो।’ उनले लेखेकी छिन् ।