नेपाल ब्युटीसियन एण्ड फेशन अवार्ड माघ ६ गते हुँदै

रंग नेपाल २०७९ पुष २२ मा प्रकाशित

काठमाडौं  । अनुराधा फिल्म्स इन्टरनेशनलको आयोजनामा नेपाल ब्युटीसियन एण्ड फेशन अवार्ड–२०७९ माघ ६ गते शुक्रबार आयोजना हुने भएको छ । दोस्रो सिजनको अवार्ड कार्यक्रम चलचित्र विकास बोर्डको प्रेक्षालयमा हुने भएको छ ।

नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेशन मोडल तथा फेशन डिजाइनरहरुका लागि ‘दोस्रो नेपाल ब्युटीसियन एण्ड फेशन अवार्ड–२०७९’ यस वर्ष पनि हुने भएको हो । सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनिङ सेन्टर, सौन्दर्य व्यवसायसँग आबद्ध सम्पूर्ण विधा–मेकअप, हेयर, नेल, फेसियलगायत अन्य विधा, कस्मेटिक प्रोडक्ट, कस्मेटिक कम्पनी र फेशन मोडल र फेशन बुटिकलाइ अवार्ड तथा सम्मान गरिने आयोजक कमिटीका संयोजक सूर्य चन्दले जानकारी गराएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट