रोहित शेठ्ठीको ‘गोलमाल’ मा यसरी ‘लकी’ बने तुषार कपुर

रंग नेपाल २०७९ पुष २१ मा प्रकाशित

मुम्बई । अभिनेता तुषार कपूर एक समयका स्टार अभिनेता जितेन्द्र कपूरका छोरा हुन् । सन् २००१ बाट ठूलो पर्दामा पाइला चालेका तुषारले भलै कम फिल्ममा अभिनय गरे, तर उनको चरित्र आज पनि लोकप्रिय छ । रोहित शेट्टीको ‘गोलमाल’ सिरिजमा उनको ‘लक्की’ चरित्रलाई जोकोही दर्शकले सम्झन्छन् ।

यो भूमिका निर्वाह गर्न तुषार सुरुमा डराएका थिए, किनकि उनीसँग कुनै संवाद थिएन । तर, पनि उनले यो भूमिका निर्वाह गर्ने निर्णय लिए । ‘सुरुवातमा म आशंकित थिएँ । निरज बोहराजीले मलाई सम्पर्क गर्नुभयो, जो अहिले यो संसारमा हुनुहुन्न । त्यो समय केवल तीन चरित्र मात्र थियो किनकि यो एक नाटकबाट प्रेरित थियो । उहाँले ‘हामी चौथो चरित्र बनाउदैछौं’ भन्नुभयो । सुरुमा मैले यसलाई सांकेतिक भाषाको माध्यमबाट गर्छु भन्ने सोचें । तर जब हामीले सुटिङ सुरु गर्यौ, तब मेरो ट्यूटर विकास कदम र रोहितले केही अलग गर्ने निर्णय लिए,’ तुषार भन्छन् ।

४६ वर्षे तुषारका अनुसार उनले आफ्नो भूमिकाका लागि वर्कसप गरिएको थियो । जसका लागि चार्ली च्याप्लिनका कैयौं फिल्म हेरिएको थियो । यसबाहेक संवादविहीन फिल्म पनि हेरिएको थियो । ‘त्यसपछि हामीले शारीरिक हाउभाउमा पनि काम गर्यौ । यतिमात्र होइन, उनीहरूले मलाई यो चरित्रका लागि गायकको जस्तै रियाज पनि गराए ।

अजय देवगणको आवाज लो बेस छ र शरमन तथा अरशदको हाइ पिच छ । त्यसकारण उनीहरू मबाट उनीहरूभन्दा हायर पिचमा आफ्नो प्रतिक्रिया दिउँ भन्ने चाहन्थे । यो प्रक्रियामा म धेरै असुरक्षित थिएँ किनकि त्यो बेला म अर्को फिल्म ‘क्या कुल है हम’मा व्यस्त थिएँ । त्यो फिल्ममा मेरो धेरै संवाद थियो,’ तुषार सम्झन्छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट