एकै वर्षमा शाहरुखको तीन फिल्म आउँदै

रंग नेपाल २०७९ पुष २० मा प्रकाशित

एजेन्सी । पाँच वर्ष पछि फिल्ममा फर्किएका अभिनेता शाहरुख खान एकै वर्षमा तीन वटा फिल्मको छायाँकन सम्पन्न गर्दैछन् । शाहरुख पछिल्लो समय सन् २०१८ मा फिल्म ‘जिरो’मार्फत ठुलो पर्दामा प्रस्तुत भएका थिए । सो फिल्म फ्लप भयो र शाहरुख खानले पनि ठूलो पर्दाबाट लामो ब्रेक लिए ।

अब करिब ४ वर्षपछि शाहरुख खान सन् २०२३ मा फिल्म ‘पठान’ मार्फत फिल्मी पर्दामा फर्कदैछन् । तर, यो बीचमा उनी फिल्म ‘ब्रह्मास्त्र’ मा क्यामियो क्यारेक्टर र वानर अस्त्रमा पनि देखा परेका छन् । शाहरुख खानलाई यो भूमिकामा देख्न पाउँदा उनका प्रसँसकहरु खुसी भए । उनलाई मुख्य भूमिकामा आउन दर्शकले माग गरे । अब भने सन् २०२३ मा जनवरीदेखि डिसेम्बरसम्म शाहरुख खानको ब्याक टु ब्याक ३ फिल्म आउँदैछन् । तर यी ३ फिल्म बाहेक शाहरुख खान अन्य धेरै फिल्ममा पनि देख्न सकिने भएको छ ।

सन् २०२३ एक हिसाबले शाहरुख खानको वर्ष बन्न लागेको छ । उनको नयाँ फिल्म पठान २५ जनवरीमा रिलिज हुँदैछ । यस फिल्ममा शाहरुख खानसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि देखिनेछन् । यो चलचित्रका दुई गीत रिलिज भएका छन्, जुन दर्शकको जिब्रोमा छाएको छ ।

यसपछि शाहरुखको अर्को फिल्म ‘जवान’ रिलिज हुँदैछ । साउथको लेडी सुपरस्टार नयनतारा यस फिल्ममा शाहरुखसँग स्क्रिन सेयर गर्दैछिन् । हिन्दी बाहेक यो फिल्म देशभरका दक्षिण भारतीय भाषामा पनि रिलिज हुनेछ । ‘जवान’ आगामी २ जुनमा रिलिज हुँदैछ ।

यो वर्ष शाहरुखको तेस्रो ठूलो फिल्म ‘डांकी’ हुनेछ । चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गर्दैछन् । यसमा शाहरुख खानको अपोजिटमा तापसी पन्नु देखिनेछिन् । यो फिल्म गोप्य रुपमा विदेश प्रवेश गर्ने तरिकामा आधारित छ । सन् २००० मा कमल हसनले फिल्म ‘हे राम’ मा निर्देशन र अभिनय दुवै गरेका थिए । हालै कमल हसनले आफ्नो फिल्म ‘हे राम’ को हिन्दी रिमेक लगभग तयार भएको घोषणा गरेका छन् । यस फिल्ममा शाहरुख खान पनि मुख्य भूमिकामा देखिने बताईएको छ । यस अघि कमल हासनको फिल्ममा शाहरुख खानले केमियो रोल निभाएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट