सिंघम अगेनको तयारीमा रोहित र अजय

रंग नेपाल २०७९ पुष १९ मा प्रकाशित

काठमाडौं । बलिउड स्टार अजय देवगनका लागि सन् २०२२ विशेष रह्यो ।  उनको कयौं फिल्म सन् २०२२ मा रिलिज भए पनि ‘दृश्यम २’ले विशेष स्थान पायो ।

यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गर्यो । यो फिल्मपछि अजयको ‘भोला’ रिलिजको तयारीमा छ ।हालैमात्र अजयले निर्देशक रोहित शेट्टीका साथ एक तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

‘नयाँ वर्षको राम्रो शुरुवात भएको छ । मैले सिंघम अगेनको स्क्रिप्ट सुनें, जुन निकै शानदार छ । यो फिल्म हामी दुवैको ११ औं ब्लकबस्टर हुनेछ’, अजयले लेखेका छन् ।

यसअघि नै फिल्ममा अजयका साथ अभिनेत्री दीपिका पादुकोण लेडी सिंघमका रुपमा दर्शकमाझ आउने सार्वजनिक भइसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट