टुँडीखेलमा तमु ल्होसार (तस्वीरहरु)

रंग नेपाल २०७९ पुष १५ मा प्रकाशित

काठमाडौं । आज पुस १५ गते गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा भव्य कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्होसारका निम्ति सरकारले आवश्यक बजेट छुट्टयाउने प्रतिवद्धता व्यक्त गरे ।

तमु ल्होछारका अवसरमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तमु ल्होसारका निम्ति अहिलेसम्म दिइदैँ आएको भन्दा बढी बजेट सरकारले छुट्टयाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले तमु समुदायको मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको र आफ्नो इमान्दारिता, लगनशीलता, मेहनत, वीरता र बलिदानको कीर्तिमानीका कारण तमु समुदायको नेपाली पात्रोमा गर्वको पहिचान रहेको उल्लेख गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट